आफूले गरेका प्रतिबद्धता कार्यान्वयन गर्न सहज हुने विश्वास छः प्रचण्ड

काठमाडाैं | पुस २६, २०७९

आफूले गरेका प्रतिबद्धता कार्यान्वयन गर्न सहज हुने विश्वास छः प्रचण्ड

काठमाडौं:  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतासामु प्रस्तुत गरेका प्रतिबद्धता कार्यान्वयन गर्न सहज हुने विश्वास व्यक्त गर्नुभएको छ । मङ्गलबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीको रुपमा विश्वासको मत माग्नुभएपछि उठेका प्रश्नको जवाफ दिने क्रममा उहाँले यस्तो बताउनुभएको हो ।


उहाँले प्रतिनिधि सभामा रहेका राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीबाहेक सबै दलले विश्वासको मत दिने निर्णय गर्दै गरेको समर्थनले आफूले गरेका प्रतिबद्धता कार्यान्वयन गर्न सहज हुने विश्वास व्यक्त गर्नुभएको हो ।


प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘विश्वासको मत सत्ता साझेदार दलले सुरुमै राष्ट्रपतिकहाँ हस्ताक्षर बुझाउनुभएकाले त्यो मत प्राप्त हुने निश्चित थियो । तर नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चा छोडेर सबैको समर्थन हुने कुरा सोचिएको थियो । यसले आगामी दिनमा जनतासामु प्रस्तुत गरेका प्रतिबद्धता कार्यान्वयन गर्न सहज हुने विश्वास व्यक्त गरेको छु ।’’


विकास निर्माणसँग सम्बन्धित सुझाव र टिप्पणी सकारात्मक रहेको उहाँको भनाइ छ । रेशम चौधरीको विषयमा उठेको सवाललाई सदनले गम्भीरताका साथ लिएको बताउनुभएको छ । प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘यो सवालमा रेशम चौधरी संलग्न नभएको कुरा पटकपटक बताएको दोहोर्याउनुभएको छ । उहाँले रेशम चौधरीलाई न्याय दिनुपर्ने विषयमा नेपाल सरकारले गरेका सहमति अनुसार अध्यादेश बनाएर भए पनि छुटाउनुपर्छ भनेर पहलकदमी लिइएको हो । त्यो सफल भएन । अब यही सदनबाट निर्दोष सबै नेता कार्यकर्तालाई छुटाउने पहल हुन्छ ।’’

पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् ।   शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै ...

थप पढ्नुहोस्

कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।   राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ८ः३४ मिनेट जाँदा कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु...

थप पढ्नुहोस्

पोखरा ।   नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसरमा पोखरामा अन्तर्राष्ट्रिय व्यवसाय अनुभव सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ ।    चेम्बर अफ कमर्सका सदस्य व्यवसायीहरूलाई अन्तर्राष्ट्रिय बजार...

थप पढ्नुहोस्